रु. १५० ।

12 04 2012

र्माच ४ तारिक । समाजशास्त्रको परिक्षा थियो । परिक्षा हल जाँदै गर्दा बाटोमा दुई रुपैँयाको सिक्का माथि मेरो नजर प¥यो । सामान्यत म बाटोमा झरेको पैसा नटिपी हिड्ने मान्छे हैन तर जाँचको टेन्सनले र्गदा म सरासर हिँडे । पछि कुरो र्गदा साथीहरुले भेट्टाएको पैसाले मान्छेलाई भाग्यमानी बनाउछ भने । जाँच राम्रै भएकाले मैले ऊनीहरुको कुरामा खासै ध्यान दिइन ।

घरदेखी टाढा पढ्न बसेको बिद्यार्थीको पाकेट र्खच त जेनतेन चलेकै हुन्छ ।मेरो पनि अवस्था त्यही नै हो । महिनाको सुरुमा घरबाट ल्याएको खर्चले एक महिनाभरि चलाउनु र्पछ । तर यो महिना बिभिन्न कारणहरुले र्गदा घर जाने मौका मिलेन । पैसाको अभावले मलाई महिनाको सुरुवात देखि नै पीरोलेको थियो । तैपनि तान्तुन् पारेर जिन्दगी चलाएकै थिएँ ।

त्यस दिन परिक्षा सकेर आफ्नो कोठा आउँदै र्गदा बाटो छेऊको एउटा दोकानमा दस रुपैँयाको बिस्कुट मागेँ । पैसा तिर्न आफ्mूसँग र्खचका नाममा जम्मा भएको सयको आईसी नोट निकालेँ । अब मसँग डेढ सय रुपैँया मात्र बाँकी रह्यो ।

कोठा पुगेर बिस्कुट त खाएँ तर पनि पैसा सकिएको आभाष भने भई नै रहेको थियो । यद्यपी म सामान्य मनस्थितिमा नै थिएँ । मलाई झस्याङ्ङ पार्ने गरि कसैले ढोका ठक्ठकायो । पल्लो कोठामा बस्ने दाइ पो रहेछन् । “ जाँच कस्तो भयो त भाइ ?”, उनले सोधे । जवाफ्mमा मैले भनेँ “ राम्रै भयो १ ” “ए १ अनि भाइ तिमीसँग बीस रुपैँया छ ?” उनले आफ्नो कुरो अघि बढाए । पैसाको कुराले म अलमल्लमा परेँ । नदिउँ पनि कसरी नदिउँ ? दिउँ भनेँ आफ्नै हालत पतला छ । केहि छिन्को गहिरो सोच पछि पैसा निकाल्न प्यान्टको गोजीमा हात हालेँ । मैले पैसा भेटाइन । दिउँस आफ्mूले लगाएका खोल्ती भएका प्रत्येक लुगा खातल खोतल पारेर हेरेँ । तर पैसाको नामोनिसान भेटिन । मैले नआत्तेको जसरी खुर्द्र्रा छैन रैछ दाइ भनेँ । पसल जान हिँडेका उनी , उनकै पछि लागेर अघि बीस्कुट किनेको पसल सम्म पुगेँ । चारैतिर खोजेँ तर कतै भेटिन । साचेँ आज कसैको भाग्य खुलेको रहेछ अनि मेरो र्दुभाग्य ।

त्यो दुईको सिक्काले मलाई भाग्यमानी अवश्य बनाएन । मेरो र्दुभाग्य पनि निम्त्याएन किनभनेँ मेरो पैसा हराउनुमा त्यसको केहि दोष छैन ।मैले त्यसलाई नटिपेर मेरो पैसा हराएको हैन अनि टिपेको भए के हुन्थ्यो म भन्न सक्दिन । तर म यति कुरा भन्न सक्छु कि पैसा हराउनु मेरै दोष थियो अनि पैसा नटिप्नु र हराउनु संयोग थियो । यद्यपि यस घटनाले मलाई पैसाको महत्व सिकाएको छ । हुनत पैसाको महत्व मलाई थाहा नभएको हैन तर रु.१५० हराएर पैदा भएको स्थितिले मलाई सँधै नै झस्काइ रहने छ र कहिलेकाहीँ हँसाउने पनि छ । जय लक्ष्मी माता ।

Advertisements

Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: