केहि कुरा मेरा

25 02 2012

म सानै थिएँ जब मैले गुणस्तरिय शिक्षाकोलागि   आफु जन्मेको गाउँ छोड्नु पर्‍यो । म काठमाडौं आएँ । आफ्नो परिवार सगै बसेर पढ्दै गर्दा अज हाम्रो काठमाडौंमा आफ्नै घर पनि छ तर काठमाडौं मलाई रमाइलो लाग्दैन । मलाई मात्रै हैन, काठमाडौं  अएर पद्ने कतिपय  बिधार्थीलाई पनि काठमाडौंको अस्तब्यस्त जिवन मनपर्दैन । बध्यता छ  , त्यसैले यहाँ आउनुपर्‍यो ।

अहिले म, धुलिखेल स्थित काठमाडौं विश्व बिधालयमा पद्छु । काठमाडौंको मेरोघरबाट कारीब ३५ कि . मि.  टाढा । आउन र जान  समय लाग्ने भएका कारण म धुलिखेल मै कोठा भाडामा लिएर बसेको छु ।

अघिल्लो  शुक्रबार छुट्टिको मौक पारेर आमा ,बुवालाई भेट्न भनेर काठमाडौं आएँ ।  घरमा नातापर्ने दाईहरु आउनुभएको रहेछ ।कुरा चल्दै जाँदा एउटा प्रसंग  उठ्यो, मेरो पढाईको । उहाँहरुलाई म काठमाडौं विश्व बिधालयम पद्नेबारे थाहा रहेनछ । सायद धेरै समयपछी भेटघाटभएकोले पनि होला ।  उहाँहरुलाई  काठमाडौं विश्वबिधालय धुलिखेलमा रहेको कुरा पनि थाहा रहेनछ । यो कुरा थाहा पाउँदा दुवैजना अचम्ममा पर्नुभो । ” हामी त काठमाडौं म घर नभएका मान्छे ।गाउँ देखी यहाँ पद्न आउँछौ । यही घर भएक मान्छेलाई त यहाँ भन्दा टादा जानपर्दैनहोला भन्ने सोचेको थिए तर भाइलाई पनि घर छोडेर जानपर्ने रहेछ । यही भनेर पनि आफ्नो मन बुझाउन पाइने भयो ।”  भन्दौ उहाँ खित्का छोडेर हाँस्नुभयो । हामी पनि हास्यौँ । मेरो बुवाले थप्नुभयो ” बाबु बस्ने घरको साहुकी छोरी फेरी पद्न भनेर धुलिखेलबाट मद्रास गएकी छिन । धुलिखेलमै  बस्ने मान्छेले त त्यहिँ को विश्वबिधालय पदेपनि हुने नि ।”

शिक्षा क्षेत्र को यो जालो मा नेपाल्बाट बर्सेनी बिदेसिने बिधार्थीहरु  पनि सामेल  गर्नु पर्छ । गाउँ देखी शहर, शहर देखी बिदेश सम्म को यात्रा अनि बसोबास्मा गर्नु पर्ने दु:ख र भोग्नुपर्ने कष्ठ्का बारेमा सयद यो लेख पद्ने सबै पठक्लाई अबगत नै होला ।

जब म आफ्नो दिन भरिको पढाई सकेर साझँपख कलेज वरिपरी सयर गर्न निस्कन्छु, तब म आफ्नो गाउँलाई सम्झन्छु ।हरियो वातवरण्, चिसो मौसम , गाईका गोठ, पराल,घाँस काट्दै गरेका पटुकी बाँधेका महिला र पुरना घरहरुले  मेरो स्मृतिमा ताजै रहेको मेरो गाउँले जिवनको झल्को दिन्छ्न । आज भन्दा कारीब २५ बर्ष पहिले  काठमाडौं विश्व बिधालय स्थापना हुनु पुर्व काभ्रेपलन्चोकको यो गाउँ पनि सयद मेरो गाउँजस्तै थियो होला । आज यस स्थानको मुहार नै फेरिएको छ ।यहाँ नयाँ नयाँ घर बन्दै छन । ति घरहरुमा होटेल खुलेका छन अनि बिधार्थीहरु  कोठा भाडामा लिएर बसेका छन ।यसले यहाँका  मानिसहरुको जिवन स्थर नै उकासेको छ ।

म कहिले काँही सोच्ने गर्छु । मेरो गाउँमा पनि यस्तै एउटा विश्वबिधालय भएको भए सायद मलाई  पहिले  काठमाडौं  अनि धुलिखेल अएर  बस्नु पर्ने जरुरत पर्ने थिएन होला । मेरो गाउँको खेतका आली आली हिड्दै  म पनि कलेज जान्थेँ होला ।साने दाइको पसलमा मान्छेको  भिड हुन्थ्यो होला । काठमाडौंमा भेट भएका ति दाइहरु सगै पनि डाँडाँको पाखामा भलिबल खेल्थेँहोला ।

यी  मेरा सपना हरु त मेरो बिधार्थी जिवनमा पुरा हुने छैनन तर मेरा सन्तानले भने आफ्नै गाउँमा आफ्नो बिधार्थी जिवन गुजार्न पाऊन । मेरो कामना यही नै छ ।

Advertisements

Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: