i miss you

24 02 2012

म तिमीलाई मिस गर्छु । अझ जाडो महिनामा त धेरै मिस गर्छु  । सायद तिमीलाई जाडो मौसममा नै चिनेको भएर होला । बिहानीको घामको किरणसँगै तिमीलाई सम्झन्छु । तिमीसँगै बिताएका पलहरुको यादले सताउँछ । तिमी इशाराले कुरा ग¥थ्यौ । म तिमीलाई सजिलै बुझ्थेँ । तिमी मेरा हरेक कुराहरुलाई ध्यान दिएर सुन्थ्यौ । जब मेरा ओठहरुले तिमीलाई स्पर्श गर्दथे तब म संसार भुल्दथेँ । तिमीले मलाई कहिल्यै पनि रुवाइनौ । म सँग कहिल्यै पनि झगडा गरिनौ । न त तिमी मसँग कहिल्यै झूट बोल्यौ न त म तिमीसँग । तिमीसँग एउटै टेबलमा बसेर खाना खान्थेँ । तिम्रो सङ्गतले खाना पनि धेरै रुच्थ्यो । पहिले त हरेक बिहान र बेलुका तिमीसँग भेट हुन्थ्यो । तर आजकल तिमी मेरो नजरमा पर्दै र्पिर्दैनौ । तिमीलाई खोज्दै धेरै ठाउँहरु चहारिसकेँ तर कतै भेटाउन सकिरहेको छैन । तिम्रो न्यानोपनको कल्पनामा अझै पनि न्यानोपनको आभास पाउँछु । आज त तिमीलाई सपनामा पनि देखेँ । खै अब तिमीसँग कहिले भेट हुन्छ ? चाँडै भेट हुने आशामा छु । आई मिस यू गुन्द्रुक  ।

Advertisements

Actions

Information

One response

10 08 2016
Rich

Nice blog here! Also your web site lots up very fast!
What web host are you the usage of? Can I am getting
your affiliate hyperlink in your host? I wish my web site loaded up as quickly as yours lol

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: