Your Breath My Memory

14 02 2012

आँशुले भिजेको हातमा एउटा बेलुन समाउँदै ग्रिस कोठाभित्र पस्यो । सरिना जीन्दगीको अन्तिम सास लिँदै थिई । डाक्टर ऋषिकेश सरिनाको अन्तिम–अन्तिम धडकन गन्दै थिए र उसका आफन्तहरु भगवानसँग सरिनाको जीन्दगी माग्दै थिए ।
ग्रिस सबैलाई पन्छाउँदै आफ्नो प्रेमीकाको नजीक पुग्यो । सरिनाको थोरै होस थियो । ग्रिसले सरिनाको हात समायो, चुम्यो । सरिनाले ग्रिसको हात चरप्प समाउन खोजी तर औँलाहरु चलाउने तागत उसमा थिएन । ग्रिसको अधान्य मायाले गर्दा सरिनालाई यो संसार त्याग्न गाह्रो भईरहेको छ । यसै कारणले ऊ आँशु बगाउन चाहान्छे, चिच्याएर रुन चाहान्छे । ग्रिसलाई कसेर अँगाल्न चाहान्छे । भित्र भित्रै उठ्ने बल गरी, न त हात हल्लीए न त परेला । शरीरका एक–एक अङ्गहरुबाट संगालीएर दुई थोपा आँशु अाँखामा टल्पलाए । यो देखेर ग्रिसले सरिनालाई अँगालोमा तानेर कस्यो । ऊ खपिनसक्नु तरिकाले आँशु बगाईरहेको थियो ।
ग्रिसले आफ्नो हातको बेलुन सरिनाको ओठसम्म पु¥यायो । सरिनाले आफ्नो अन्तिम सास बेलुनभित्र फुकिदिई । ग्रिसले बेलुनको मुख बेस्सरी बाँध्यो । उसले सरिनाको सास जीन्दगीभरी जोगाएर राख्न चाहान्थ्यो ।
सरिनाको मुटुको धड्कन ४–३ हुँदै सून्यमा झ¥यो । चिसिँदै गएकी सरिना पूरै चिसि भई । ग्रिसको धड्कन तेज हँुदै गयो । ऊ आफुलाई सम्हाल्नै नसकि चिच्याएर रोयो ।सरिनाको हातमा उसको हात थियो । ऊ अचेत भई सरिनामाथी ढल्यो । सरिनाको सासले भरिएको बेलुन यता उता उडिरह्यो ।

Advertisements

Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: